काठमाडौं । ओखलढुंगामा दुई जना १० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
दुई जना १० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा चम्पादेवी गाउँपालिका-२ पुलामी टोलस्थित चण्डेश्वरी ईङ्लीस बोर्डिङ स्कुलका प्रिन्सिपल झापा शिवसतासी नगरपालिका-८ झिलझिले घर भएका ३० वर्षीय करण राईलाई शुक्रवार राति प्रहरीले पक्राउ गरेको हो ।
ती बालिकालाई गत बिहीवार स्कुल गएको अवस्थामा कक्षा कोठाभित्र यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगा र प्रहरी चौकी पलापुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया