नुवाकोटमा १५ वर्षीया बालिकालाई बलात्कार गर्ने दुई जना पक्राउ

लोकपथ
707
Shares

काठमाडौं । नुवाकोटमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने दुई जना पक्राउ परेका छन् । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बिदुर नगरपालिका-७ तुप्चे बस्ने २९ वर्षीय ललित बिक र सोही ठाउँ बस्ने २० वर्षीय सुवास थापा मगरलाई शुक्रवार प्रहरीले पक्राउ गरेको हो ।

ललितको कोठामा ती बालिकालाई लगि उनीहरूले गत सोमवार जबरजस्ती करणी गरेको भन्ने भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?