चक्कु प्रहार गरि भाईको हत्या गर्ने दाजु पक्राउ

लोकपथ
427
Shares

काठमाडौं । मोरङमा धारिलो हतियार प्रहार गरि हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
विराटनगर महानगरपालिका-५ पृथ्वी चोक बस्ने ४२ वर्षीय भोला सिंहलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा उनकै भाइ ३१ वर्षीय साजन सिंहलाई शुक्रवार राति प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादमा शुक्रवार राति साजनले चक्कु प्रहार गर्दा भोला गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गम्भीर घाइते भोलाको बिराट अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । उनी उपर कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?