कोरोना अपडेट: भारतमा दैनिक मृत्यु हुनेको संख्यामा वृद्धि

लोकपथ
714
Shares

भारत । भारतमा कोरोनाभाइरसबाट दैनिक मृत्यु  हुने संक्रमितको संख्यामा फेरि वृद्धि भएको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका कारण एक हजार २०६ जनाको मृत्यु भएको जनाएको छ । भारतमा यसअघि एक दिनमा ९११ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको विवरण शुक्रवार बिहान सार्वजनिक गरिएको थियो ।

योसँगै भारतमा कोरोनाका कारण अहिलेसम्म चार लाख सात हजार १४५ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा थप ४२ हजार ७६६ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।

भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरूको कुल संख्या चार लाख ५५ हजार ३३ पुगेको छ । यो संख्या कुल संक्रमितमध्येको १.४८ प्रतिशत रहेको छ । संक्रमित भएर पनि अहिले संक्रमणमुक्त भइसकेकाहरूको संख्या भारतमा अहिलेसम्म कुल दुई करोड ९९ लाख ३३ हजार ५३८ पुगेको छ ।

भारतमा पछिल्लो एक दिनमा ४५ हजार २५४ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त भएकाहरुको सख्या भन्दा थपिएका संक्रमितहरूको संख्या थोरै भएकाले अहिले संक्रमित अवस्थामै रहेकाहरूको संख्या पनि घट्दै गइरहेको छ ।

भारतमा अहिले संक्रमणमुक्त भएकाहरूको संख्या ९७.२० प्रतिशत रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?