घर नाइजेरिया, फुटबल कर्म थलो नेपाल (भिडियोसहित)

२६ वर्षिय अफिज वालावाले ओलाडिपोले नेपाल आउनु अघि नाइजेरियाको एक फुटबल एकेडेमीमा फुटबल खेल्थे । तर उनलाई के थाहा थियो र उनको ‘स्वर्ण उमेर’ नेपालमा फुटबल खेलेर बित्नेछ भनेर । तर भइदियो त्यस्तै ।

नाइजेरियामा उनको फुटवल कौशल देखेर भारतमा फुटबल खेल्नका लागि प्रस्ताव आयो । उनी राजी भए । एजेन्टहरुसँगको कुराकानी पछि उनी भारत तर्फ लागे । तर भारत जाँदा उनको ट्रान्जिट काठमाडौंमा पर्‍यो । जब उनी नेपाल काठमाडौं आइपुगे उनका एजेन्टले उनलाई काठमाडौंमै छाडेर बेपत्ता भए । त्यसपछि उनले काठमाडौंमै केही समय बिताए ।

May be an image of 1 person

त्यसपछि विभिन्न एजेन्टहरु मार्फत उनलाई पोखरामा चलिरहेको खेलमा सहभागी हुन निम्तो आयो । उनले उक्त खेलमा भुटानी टीममा रहेर खेल खेलेका थिए । उक्त खेलमा उनले गोल गरेका थिए । आरसिटी क्लबका पदाधिकारी पनि त्यहाँ उपस्थित थिए । अफिजको खेल देखेपछि उनीहरुले उनलाई आरसिटीबाट खेल्न प्रस्ताव गरे । र उनी पहिलोपटक नेपालको आरसिटी क्लबमा आवद्ध भएका थिए । आरसिटी पछि उनी संकटा,मनाङ मस्र्याङ्दी, थ्री स्टार,धनगढी फुटबल क्लब हुँदै अहिले फेरि मनाङ मस्र्याङ्दी क्लबमा आवद्ध छन ।

नेपाल आएको एक दशक पूरा गरेका अफिज अलिअलि नेपाली भाषा पनि बोल्छन । उनलाई नेपालमा सबै भन्दा मनपर्ने खेलाडी विशाल राई हुन । विशालको खेल्ने शैली उनलाई निकै मन पर्छ ।

जारी युरोकपमा इङल्यान्डको पक्षमा छन् अफिज । कोपा अमेरिकामा अर्जेन्टिना उनको मन पर्ने टीम हो ।

नाइजेरियाको फुटबल एकेडेमीदेखी नेपालको नेशनल सुपर लिगको दोस्रो सर्वाधिक गोलकर्ता सम्मको यात्रा पुरा गरेका अफिजलाई किन किन नेपाल आफ्नो दोस्रो घर झैं लाग्छ ।

हेर्नुहोस् भिडियो : 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?