नेपाल इन्स्योरेन्स कम्पनीले चैत २३ गते सेयरधनी किताब बन्दै गर्दै

काठमाडौं, १४ चैत । नेपाल इन्स्योरेन्स कम्पनीले शतप्रतिशत हकप्रद निष्काशन गर्न सेयरधनी किताब बन्द गर्ने भएको छ ।आगामी चैत २३ गतेदेखि नेपाल इन्स्योरेन्स कम्पनीले सेयरधनी किताब बन्द गर्ने भएको छ ।यसअनुसार चैत २२ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रदमा आवेदन गर्न पाउनेछन् । कम्पनीले चुक्ता पूँजी ३० करोड १९ लाख रुपैयाँ बराबरको ३० लाख १९ हजार ८८६ दशमलव १० कित्ता हकप्रद सेयर एनआईबिएल एस क्यापिटल मार्फत विक्री गर्न लागेको हो ।नेपाल इन्स्यारेन्सको गत फागुन ३० गते सम्पन्न भएको ६७ र ६८ औं वार्षिक साधारणसभाले हकप्रद निष्काशन गर्ने विशेष प्रस्ताव पारित गरेको थियो । हकप्रद जारी गर्न कम्पनीले पुस पहिलो साता निवेदन दिएकोमा फागुन २९ गते धितोपत्र बोर्डबाट स्वीकृत भएको थियो ।३० करोड १९ लाख ८९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको नेपाल इन्स्योरेन्सको हकप्रद जारी गर्दा कम्पनीको पूँजी ६० करोड ३९ लाख ७७ हजार रूपैयाँ पुग्नेछ । इन्स्योरेन्सको शतप्रतिशत हकप्रद समेत पाउने गरि २.२६२ प्रतिशत बोनस प्रस्ताव गरेको छ । बोनसपछि कम्पनीको पूँजी ६१ करोड ७६ लाख ३८ हजार ७०५ रुपैयाँ पुग्नेछ ।बीमा समितिले निर्देशन बमोजिम निर्जीवन बीमा कम्पनीहरुले आगामी असार मसान्तभित्र एक अर्ब चुक्ता पूँजी पुर्याउनु पर्नेछ । समितिको निर्देशन अनुसार चुक्ता पूँजी कायम गर्न कम्पनीलाई अझ ३८ करोड रुपैयाँ बढी पूँजी विस्तार गर्नुपर्ने देखिन्छ ।चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा चार करोड २७ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १३ रुपैयाँ ५२ पैसा कायम गरेको छ । बुधबार कम्पनीको प्रतिकित्ता सेयरमूल्य ८५२ रुपैयाँ हाराहारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?