सर्लाहीमा पोखरीमा डुबेर एक जनाको मृत्यु

लोकपथ
84
Shares

सर्लाही । सर्लाहीमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको विष्णु गाउँपालिका वडा नम्वर-३ मधुवनगोठस्थित सार्वजनिक पोखरीमा माछा मारिरहेको पोखरीको डिलमा बसेर हेरिरहेका जिल्लाको गोडैता नगरपालिका वडा नम्वर-२ बस्ने ३५ वर्षीष्य जयकरण मुखिया एक्कासी लडेर पोखरीमा डुबेका थिए ।

पोखरीमा डुबेर बेपत्ता भएका मुखियाको खोजी गर्ने क्रममा माछा मार्ने महाजालकै प्रयोग गर्नुपरेको प्रहरीले जनाएको छ । पोखरीमा महाजाल हालेपछि बेपत्ता भएका उनको शव फेला परेको सर्लाही प्रहरीका प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

मृतक मुखियाको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?