काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शनिवार सिन्धुपाल्चोकको बाढीपहिरो प्रभावित क्षेत्र हेलम्बु र मेलम्चीको अवलोकनका लागि गएका छन् ।
अहिले प्रधानमन्त्री ओली हेलम्बु क्षेत्रमा छन् भने यसपछि मेलम्ची क्षेत्रमा जानेछ कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओली मेलम्ची घ्याङमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीयसँग छलफलपछि गणेशबगर जाँदैछन् । उनले मेलम्ची आयोजनाको मुख्य सुरुङको हवाइ निरीक्षण पनि गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलगायत छन् । मनसुन शुरू भएसँगै असार १ गतेको अविरल वर्षाका कारण सो क्षेत्रमा बाढी पहिराबाट जनधनको क्षति भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया