काठमाडौँ, १४ चैत- नेपाल रेडक्रस सोसाइटी र रेडक्रसको अन्तराष्ट्रिय समिति (आईसीआरसी) विच सन् २०१८ मा सञ्चालन हुने गतिविधि सम्बन्धी सहयोग सम्झौता आज रेडक्रस केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ ।सहयोग सम्झौतामा नेपाल रेडक्रस सोसाइटीका तर्फबाट महामन्त्री देवरत्न धाख्वा र रेडक्रसको अन्तराष्ट्रि समिति (आईसीआरसी) का तर्फबाट समितिका नेपाल प्रमुख आन्द्रे पाकेटले हस्ताक्षर गरेका छन ।कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका उपमहामन्त्री हरिप्रसाद न्यौपाने, कामु कार्यकारी निर्देशक इन्द्र वहादुर के.सी. लगाएत विभिन्न विभागका प्रमुखहरु, आइसीआरसीका सञ्चार प्रमुख कृष्णचन्द्र चालिसे र कोअपरेशन प्रमुख प्रमेश पौडेलको उपस्थिती रहेको थियो ।सम्झौता पत्र अनुसार नेपाल रेडक्रस सोसाइटीलाई आईसीआरसीले अन्तराष्ट्रिय सम्मेलनको भावना र मर्मअनुसार रेडक्रसका आधारभूत सिद्धान्तहरु, पारिवारीक सम्पर्कको पुर्नस्थापना, सुरक्षित पहुँच, समावेशीकरणको अभिवृद्धि जस्ता गतिविधिहरुको लागि करीव ९० लाख रुपैया उपलब्ध गराउने भएको नेरेसोका सञ्चार प्रमुख दिव्यराज पौडेलले जानकारी दिए ।कार्यक्रममा बोल्दै आईसीआरसीका नेपाल प्रमुख आन्द्रे पाकेटले आईसीआरसीको नेपाल भित्र फिल्ड कार्यालय नभएको अवस्थामा पनि नेपाल रेडक्रस सोसाइटी र अन्तराष्ट्रिय महासंघको सहयोगमा विशेष कार्यदलले काम गरिरहेको बताउँदै रेडक्रस अभियानका सेवा प्रदान गर्न सदातत्पर रहेको बताए ।हस्ताक्षर कार्यक्रममा सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले मुलुक परिवर्तनतर्फ लम्किरहेको अवस्थामा पारिवारिक सम्पर्कको पुनस्थापना र संगठनात्मक आधार सुदृढीकरणमा क्षमता अभिवृद्धिको लागि सहयोग सम्झौता महत्वपूर्ण रहेको बताए ।दशवर्षे सशस्त्र द्वन्द्वको समयदेखि नेपालमा आईसीआरसीको कार्यालय स्थापना भई संरक्षण र सहयोगको क्षेत्रमा कार्यरत रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया