जब अरिजीतले सलमानसँग माफि माग्नु पर्‍यो, यस्तो थियो कारण

लोकपथ
735
Shares

काठमाडौं । बलिउडका चर्चित गायक अरिजित सिंह र बलिउड स्टार सलमान खानको विवाद निकै चर्चामा रहेको छ ।उनीहरुबीच विवाद पछि सलमान खानको धेरै फिल्ममा अरिजीत सिंहले गित गाँउने अवसर गुमाएका छन् ।

अरिजीतले विवादका कारण सलमानसँग माफि मागेका छन् ।

सलमान खान

के हो सलमान र अरिजीतबीचको विवाद ?

एउटा म्यूजिकलअवार्ड चलिरहेको थियो । उक्त अवार्ड सलमान खानले होस्ट गरिरहेका थिए । सोही अवार्डमा अरिजीत सिंह पनि अवार्ड लिन गएका थिए ।

सलमान खान

अवार्ड लिने क्रममा जब सलमानले अरिजीतको नाम लिए तब अरिजीत निदाइ रहेका थिए ।

अरिजीत स्टेजमा गए । उनी साधरण चप्पल र हाफ ट्राउजरमा अवार्ड लिन पुगेका थिए । जब अरिजीत स्टेजमा पुगे तब सलमानले उनलाई सोधेका थिए ।

“निदाई रहनु भएको थियो ?”

अरिजीतले “तपाईहरु कै शो हेर्दा हेर्दै निदाएको हुँ ।” भन्ने जवाफ दिए ।  अरिजीतको उक्त जवाफ पछि सलमान केही आक्रोसित भएका थिए ।

अरिजीत सिंह

त्यसपछि उनीहरुबीच सम्बन्धमा दरार आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?