प्रधानमन्त्री ओलीलाई गगनको प्रश्न : पूर्व प्रधानमन्त्रीको खर्च व्यहोर्ने निर्णय कुन कानुनमा टेकेर गर्नुभयो ?

लोकपथ
161
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले नेपालको कानुनमा कुनैपनि व्यक्तिलाई विदेशमा उपचार खर्च लाग्ने रकम सरकारबाट उपलब्ध नहुने व्यवस्था भएको भन्दै सरकारले कसैलाई उपचार खर्च दिन नमिल्ने बताएका छन् ।

हालै प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी बैठकमा नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च नेपाल सरकारले व्यहोर्ने बताएका थिए । यसैको सन्दर्भमा कांग्रेस नेता थापाले सामाजिक सञ्जाल मार्फत् कुनै पनि व्यक्तिलाई सरकारको ढुकुटीबाट विदेशमा उपचार गरेको एक रुपैयाँ पनि तिर्न नमिल्ने बताएका हुन् ।

उनले प्रधानमन्त्री ओलीलाई पूर्व प्रधानमन्त्रीको खर्च व्यहोर्ने निर्णय कुन कानुनमा टेकेर गरिएको भनेर प्रश्न पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?