बदलिँदो मौसमः सौन्दर्यमा देखिने समस्या र समाधानका उपाय

जाडो महिना सकिएपछि हावा–हुरी र सुख्खा मौसम सुरु हुन्छ । गर्मी महिनाको सुरुवातसँगै हावा–हुरी चल्ले हुँदा छालाको बढी हेरचाह गर्नुपर्छ । यो समयमा छाला सुख्खा हुने, फुट्ने, छालाको चमक हराएर फुस्रो देखिने आदि समस्या देखिन थाल्छन् ।गर्मी मौसमको सुरुवात भएकाले हावा सीधै छालामा परेर छालाको कोमलता एवं चमक हराउँछ । यस समयमा कोल्ड क्रिम वा मोइस्चराइजर जति प्रयोग गरे पनि २–३ घन्टामै छाला सुख्खा हुन थाल्छ ।त्यसैले मौसम परिवर्तनसँगै केही कुरामा ध्यान पुर्याएर छालाको स्याहार गर्नुपर्छ ।छालाको दिनकै सरसफाइ तथा हेरचाह गर्न नयाँ तालिका बनाउने । राति सुत्नु अगाडी नियमित छालाको प्रकारअनुरूप क्लिन्जरले अनुहार सफा गरी टोनर लगाउने र प्रशस्त नरिसमेन्ट तथा मोस्चराइजरयुक्त क्रिम लगाएर सुत्ने ।दिनहुँ बिहान छाला सफा गरी छालाअनुसारको फेसवास वा क्लिन्जरले अनुहार सफा गरेर मोइस्चराइजर तथा सनब्लक लोसन प्रयोग गर्ने ।मोइस्चराइजर अनुहारमा मात्र नभएर पूरै शरीरमा लगाउँदा राम्रो हुन्छ । यसले छाला कोमल राख्नुका साथै फाट्नबाट जोगाउँछ ।घरबाट बाहिर निस्कनुभन्दा आधा घन्टाअघि सनब्लक लगाउने । सनब्लकले घामबाट मात्र होइन हावाबाट पनि छालालाई सुरक्षा प्रदान गर्छ ।हावा–हुरीमा निस्कनुपर्ने छ भने पेट्रोलियम जेली लगाउनुपर्छ यसले छालाको मोइस्चरभित्रै लक गर्नुका साथै छालालाई हावाको असरबाटसमेत जोगाउँछ । यस पेट्रोलियम जेलीले हावा–हुरीको मौसममा लामो समय काम गर्छ ।छालाको दैनिक स्याहारसँगै हप्तामा एकपटक विक्ली स्किन केयर गर्नुपर्छ । विक्ली स्किन केयर गर्दा छालाअनुसार क्लिन्जिङ गरिसकेपछि ३ देखि ५ मिनेट स्क्रव गर्नुपर्छ भने आफ्नो छालाअनुसार राम्रो फेसप्याक फ्रुट्स, मुल्तानी माटो, चन्दन आदिको प्याक लगाउन सकिन्छ ।छालाको उचित स्याहारका लागि समस्या भएको छालामा १५ दिनको एकपटक तथा सन्तुलित छालाका लागि महिनामा एकपटक दक्ष ब्यूटिसियन वा स्किन थेरापिस्टसँग छालाको प्रकृति तथा आवश्यकताअनुसार फेसियल गराउनुपर्छ ।सुख्खा हावाले छालालाई अप्रत्यक्ष असर गर्ने हुनाले त्यसलाई हावाबाट सुरक्षित राख्न आवश्यक पर्छ । हावा चलेका बेला सकेसम्म बाहिर नहिँड्ने, बाहिर निस्कनैपरे छालाको सुरक्षाका लागि पातलो कपडाले भए पनि पूरै शरीर छोप्ने र अनुहार पनि कुनै पातलो कपडाले छोपेर बाहिर निस्कदा राम्रो हुन्छ ।गर्मी मौसममा छालाको उचित स्याहार गरी प्रशस्त मात्रामा पानी पिए छालाको सौन्दर्य कायम राख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?