हातेमालो यूवा समाज नेपालद्धारा स्वास्थ्य सामग्री वितरण

लोकपथ
105
Shares

काठमाडौं । हातेमालो यूवा समाज नेपालले कोभिड – १९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न ठाउँमा स्वास्थ्य सामग्री वितरण गरेको छ ।

समाजले काठमाडौं तार्केश्वर नगरपालिकास्थित मुड्खु प्रहरी बिट, तिनपिप्ले प्रहरी बिट र नुवाकोट ककनीस्थित प्रहरी बिटमा मास्क, सेनिटाइजर लगायतका विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

त्यस्तै ककनीस्थित वडा नं. १, वडा नं. २ र वडा नं. ३ मा रहेका स्वास्थ्यचौकीलाई पनि स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

समाजले समुदायलाई पनि हात – हातमा मास्क र सेनिटाइजर वितरण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?