कांग्रेस महाधिवेशन : शुरु भयो संस्थापन इतरका समूहको बैठक

लोकपथ
147
Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतरका नेताहरुको बैठक शुरु भएको छ ।

पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसीको संयोजनमा काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक शुरु भएको हो ।

उक्त बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरु कृष्णप्रसाद सिटौला, डा. रामशरण महत, शेखर कोइराला , सुजाता कोइराला, डा. शेखर कोइराला र बलबहादुर केसी लगायतका नेताहरुको उपस्थिती रहेको छ ।

पार्टीको आगामी १४ औँ महाधिवेशन नजिकिएसँगै नेताहरुले छलफललाई तीव्रता दिइरहेका छन् । यसअघि पनि पौडेल पक्षका नेताहरुले छलफल गरेका थिए ।

आजको बैठकमा आगामी महाधिवेशनमा कस्तो नेतृत्व छनोट गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?