मनकामना स्मार्ट लघुवित्तको आईपीओ सोमवार बाँडफाँट हुने, ३६ हजार ३४९ जनाले मात्रै पाउने

लोकपथ
126
Shares

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओ सोमवार बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले प्रिअलटमेन्ट सकिएको र आगामी सोमवार आईपीओ बाँडफाँट हुने जानकारी दिएको छ ।

कम्पनीको आइपीओमा ७३ गुणा अर्थात २ करोड ६५ लाख ७४ हजार ५० कित्ता आईपीओका लागि आवेदन परेको छ ।
यस संस्थाले ३ लाख ८९ हजार कित्ता सर्वसाधारणका लागि शेयर निष्काशनमा ल्याएको थियो ।

प्रिअलटमेन्ट नतिजा अनुसार आवेदन मध्ये ३६ हजार ३४९ जनाले मात्रै लघुवित्तको शेयर हात पार्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?