फरार अभियुक्त छ महिनापछि पक्राउ

RSS
0
Shares

काठमाडौं । बर्दिवासमा एक व्यक्तिलाई ज्यान मार्ने उद्देश्यले छुरा प्रहार गरी भागेका अभियुक्त घटनाको छ महिनापछि पक्राउ परेका छन् ।

गत पुस २२ गते बर्दिवास-१ स्थित नेहा खाद्य उद्योगमा कार्यरत कामदार रामधारी चौधरीलाई छुरा हानेर भागेका जिल्लाकै रामगोपालपुर नगरपालिका-४ का शत्रुधन राय यादवलाई आज पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको हो ।

छुरा प्रहारबाट गम्भीर घाइते भएका सर्लाहीको लालबन्दी३ का स्थायी बासिन्दा चौधरी लामो समयको उपचारपछि निको भएका छन् ।

यादवले व्यक्तिगत रिसइबीले चौधरीलाई छुरा प्रहार गरेका प्रहरी अनुसन्धानले देखाएको प्रहरी निरीक्षक बलिष्टर सिंहले बताए ।

उनका अनुसार पक्राउ गरिएका यादवलाई हिरासतमा राखी थप अनुसन्धान र कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?