काठमाडौं ।पहिरोका कारण गएरातिदेखि अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग पुनःसञ्चालनमा आएको छ ।
वर्षाका कारण खोड्पे-बझाङ सडक खण्डअन्तर्गत ढोल्यामोडमा बिहीबार राति १० बजे खसेको पहिराले राजमार्ग अवरुद्ध भएको थियो ।
सडक माथिबाट खसेको पहिरो एस्काभेटरको सहयताले पन्छाएपछि आज दिउँसोदेखि राजमार्ग खुलेको प्रहरी निरीक्षक दर्शन खड्काले बताएका छन् । अवरुद्ध राजमार्ग करीब १४ घण्टापछि पुनःसञ्चालनमा आएको हो ।
राजमार्ग अवरुद्ध हुँदा बझाङतर्फ जाने गाडी र बझाङबाट अन्यत्रका लागि छुटेका गाडी बीचबाटामै रोकिएका थिए । रोकिएका गाडी र यात्रु राजमार्ग पुनःसञ्चालनमा आएसँगै आ–आफ्नो गन्तव्यतर्फ लागेका प्रहरीले जनाएको छ । पहिराका कारणले उक्त राजमार्ग बेलाबेलामा अवरुद्ध हुने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया