सप्तरीमा दुई समूहबीच हानाहान, एक जनाको मृत्यु

लोकपथ
247
Shares

रामनारायण यादव । सप्तरी । सप्तरीको खडक नगरपालिका वडा नम्वर ९ लालपट्टी टोलमा दुई समूह बीच कुटपिटबाट घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

सोही नगरपालिका वडा नम्वर ९ बस्ने ५८ वर्षीय मो. दाउद मियाँलााई कुटपिट गरी घाइते बनाएका थिए । मियाँको उपचारका क्रममा राजविराज स्थित छिन्नमस्ता अस्तालमा शुक्रवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

शव पोष्टमार्टम गरी परिवारको जिम्म लगाएको र कुटपिटमा संलग्नहरुको खोजि कार्य भईरहेकोे प्रहरीले जनाएको छ ।

यसरी भयो घटना

बैदेशिक रोजगारीमा पठाएकोमा काम राम्रो नभएकोले मियाँलाई पैसा फिर्ता गर्नु पर्छ भने थिए । तर मियाँले पैसा फिर्ता नदिदाँ विवाद उत्पन्न भएको थियो । पैसा दिन नमान्दा उनलाई कुटपिट गरी घाइते बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?