सामसुङले नेपाली बजारमा ल्यायो नयाँ फोन, के छन् विशेषताहरु ?

लोकपथ
468
Shares

काठमाडौं । अन्तराष्ट्रिय बजारमा ख्यातिप्राप्त सामसुङ ब्राण्डले हालै नेपाली बजारमा एम सिरिजको नयाँ स्मार्ट फोन ग्यालेक्सी एम३२ सार्वजनिक गरेको छ ।

यसमा ६।४ इन्चको एफएचडी प्लस सुपर एमोलिड साथमा ९० हर्ज रिफ्रेस रेट रहेको छ । यसमा नयाँ सुविधा थपमा न्यूनतम मोसन ब्लरको साथ प्रयोगकर्तालाई सिनेम्याटिक भ्युको जीवन्त अनुभव समेत प्रदान गर्ने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार एम सिरिजहरूमा उपलब्ध अहिले सम्म नभएको फिचर थपेको छ । यसको स्क्रिन ब्राइटनेस आठ सय निट्सले स्मार्टफोनलाई अति ब्राइटेस्ट डिस्प्ले प्रदान गर्ने छ । यसमा भएको बृहत् ब्याट्री सुविधाले बारम्बार चार्ज गरिरहनुपर्ने झन्झटबाट मुक्ति समेत दिने उद्येश्यले यसमा ६ हजार मेगाहर्जको ब्याट्री राखिएको छ, जसले गर्दा दिन रात विना अवरोध स्मार्टफोन चलाउन सकिन्छ ।

त्यसैले यो स्मार्टफोनको खरिदमा १५ वाटको फास्ट चार्जर समेत प्रदान गरिएको छ ।

यस फोनमा २० मेगा पिक्सलको फ्रन्ट क्यामराको साथ ६४ मेगा पिक्सलको क्यामेरा रहेको छ । ल्यान्डस्केप फोटो लिनका लागि आठ मेगा पिक्सलको अल्ट्रा वाइड क्यामेरा पनि यसमा राखिएको छ । मल्टिटास्किङ्गमा थप सहजता प्रदान गर्न यसमा ओक्टा–कोर मिडिया टेक हेलियो जि८० प्रोसेसर साथैँ प्रयोगकर्ताले क्लिकको भरमा आफ्नै एल्बम तथा फिड सुनिश्चित गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?