ढिला गरि शुरु भयो एमाले कार्यदलको बैठक

लोकपथ
777
Shares

काठमाडौं । नेकपा एमाले भित्रको विवाद समाधानका लागि गठित कार्यदलको बैठक शुरु भएको छ ।

बिहान साढे ११ बजेका लागि बोलाइएको बैठक नेताहरु आन्तरिक छलफलका लागि व्यस्त भएका कारण केहिबेर अघि शुरु भएको हो ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शुरु भएको बैठकमा आज दुवै पक्षले तयार गरेको मस्यौता प्रस्तुत गरिने बताइएको छ ।

पार्टी विवाद समाधानका लागि असार २१ गते सोमवारदेखि कार्यदलको बैठक जारी छ ।

नेताहरुले बैठकबाट पार्टी एकताबारे प्रगती भइरहेको बताइएपनि बिहीवारको बैठकपछि विगत १० दिन देखिको बैठकमा कुनैपनि प्रगती नभएको नेताहरुले तथ्य उजागर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?