भारत। भारतमा कोरोनाभाइरसबाट संक्रमित भएका मध्ये ९७.१९ प्रतिशत संक्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म तीन करोड सात लाख ५२ हजार ९५० जना संक्रमित भएका छन् भने दुई करोड ९८ लाख ८८ हजार २८४ जना संक्रमणमुक्त भएका छन् ।
त्यसैगरी कुल संक्रमित मध्ये १.४९ प्रतिशत मात्रै अहिले पनि संक्रमित अवस्थामा रहेको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या चार लाख ५८ हजार ७२७ रहेको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
पछिल्लो एक दिनमा पनि नयाँ संक्रमित हुनेभन्दा संक्रमणमुक्त भएकाहरुको संख्या धेरै भएकाले सक्रिय संक्रमितको संख्या पनि घट्दै गइरहेको छ । मन्त्रालयका अनुसार भारतमा पछिल्लो एक दिनमा ४३ हजार ३९३ जना नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा अरु ४४ हजार ४५९ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ९११ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको शुक्रवार विहान जानकारी दिएको छ । योसँगै भारतमा अहिलेसम्म कुल मृतकको संख्या चार लाख पाँच हजार ९३९ रहेको छ ।
देशव्यापी खोप अभियान सञ्चालन भइरहेको भारतमा अहिलेसम्म ३६.८९ करोड मानिसलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । त्यसैगरी बिहीवारसम्म भारतमा कुल ४२ करोड ७० लाख १६ हजार ६०५ जनाको स्वाब परीक्षण गरिएको छ । ती मध्ये १७ लाख ९० हजार ७०८ जनाको स्वाब भने पछिल्लो एक दिनमा परीक्षण भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया