मोरङ । प्रहरीले मोरङको बेलवारी नगरपालिका १ गाईघाट टोल स्थितबाट लागूऔषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थानका ४६ वर्षीय बुद्धीमान तामाङ र धनकुटा हिलेका दुई जना महिला रहेका छन् ।
हिजो बेलुका साढे ५ बजे लागूऔषध ब्राउन सुगरको कारोबार भईरहेको भन्ने विशेष सुचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले तामाङकै घरबाट तामाङ सहित ३ जनालाई लागूऔषध ब्राउन सुगर सेवन गरिरहेको अवस्थामा पक्राउ गरेको थियो ।
प्रहरीले तामाङको घरमा खानतालासी गर्दा धानको भकारी भित्र लुकाई राखेको लागूऔषध ब्राउन सुगर १३ ग्राम ५४० मिलिग्राम फेला पारेको छ ।
पक्राउ परेका तिनै जना उपर ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया