काठमाडौं । नेकपा एमालेभित्रको पार्टी विवाद समाधानको लागि गत सोमवारबाट निरन्तर बैठक बसिरहेको छ ।
कार्यदलका सदस्यहरुले मंगलवारबाट वार्ता सकारात्मक भइरहेको बताएका थिए । लामो समयपछि बुधवार पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच समेत भेटवार्ता भएको थियो । त्यसबाट पार्टी एकता हुनेमा बाहिर विश्वस्त बनाइएको थियो । तर बिहीवार एकाएक कार्यदलका केही सदस्यहरुले १० दिन अघिबाट भएको वार्ताबाट कुनै समाधान ननिस्किएको बताएपछि पार्टी एकता थप संकटमा परेको हो ।
बिहीवार बिहान बैठक बसेपनि साँझ ७ बजे बस्ने भन्दै बैठक स्थगित गरिएको थियो । जसको कारण आन्तरिक छलफल रहेको थियो । बिहान बसेको कार्यदलको बैठकपछि कार्यदल सदस्य समेत रहेका ओली पक्षका नेता सुवासचन्द्र नेम्वाङले पार्टी एकताको काम धेरै अधि बढिसकेको र ओली नेपालको संयुक्त वक्तव्य आउनका लागि समेत तयारी भइरहेको आशय व्यक्त गरेका थिए । भने नेपाल पक्षका नेता गोकर्ण विष्टले लगभग सबै कुरा मिलेको बताएका थिए । तर एकाएक साँझ बसेको बैठकपछि बोल्दै नेपाल पक्षका नेता घनश्याम भुसालले १० दिन देखि शुन्य अवस्थामा रहेको खुलासा गरे ।
बिहान बसेको बैठक पछि बाहिरिने क्रममा बार्तामा रहेका नेताहरुले बेलुका सहमति हुने भनेर पत्रकारहरुलाई सकारात्मक संदेश दिएका थिए । तर बिहीवार बेलुका बसेको बैठक औपचारिक रुपमा नबसी सकिए पछि बाहिरिने क्रममा नेता घनश्याम भुसालले १० दिन यता कुनै प्रगति नभएको खुलासा गरेका हुन् ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा साँझ दोस्रो पटक बसेको बैठकमा प्रधानमन्त्री ओली पक्षका बार्ता सदस्य अर्थमन्त्री बिष्णु पौडेल अनुपस्थित भए पछि विषय प्रवेश नै नगरि दुवै पक्षका नेताहरु बाहिरिएका थिए ।
बाहिरिने क्रममा नेता भुसालले भनेका थिए,“हामी करिब १० दिनअघि जुन अवस्थामा थियौं अहिले त्यहि अवस्थामा छौं । खास प्रगति गरेका छैनौं ।”
यता वार्ता समितिका अर्का सदस्य सुवास नेम्वाङले भने बिहीवार साँझ आज बस्ने बैठकले सहमति सहित निष्कर्ष दिने प्रतिवद्धता व्यक्त गरेका थिए ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा केहिबेरमा बैठक शुरु हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया