पर्यटकलाई आकर्षित गर्न स्थानीय उत्पादनमा जोड दिनुपर्छ : मुख्यमन्त्री पौडेल

लोकपथ
65
Shares

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पर्यटकलाई आकर्षित गर्न स्थानीय उत्पादनमा जोड दिएका छन् ।

बिहीवार हेटौँडा – १४ स्थित ड्राइभरडाँडामा प्रदेश सरकारद्वारा निर्मित सांस्कृतिक भवनको उद्घाटन कार्यक्रममा उनले स्थानीय कला, संस्कृति, परम्परा, रहनसहन तथा खानपिन पर्यटकलाई मन पर्ने भएकाले त्यसको संरक्षण र संवद्र्धन गरिनुपर्ने बताए ।

ड्राइभरडाँडाको बस्तीलाई घरबास (होमस्टे)का रूपमा विकास गर्न निर्मित सांस्कृतिक भवनले यस क्षेत्रको आर्थिक तथा सामाजिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने उनको भनाइ थियो । मुख्यमन्त्री पौडेलले सरकार यस क्षेत्रको विकासमा प्रतिबद्ध रहेको बताए । कार्यक्रममा हेटौँडा उपमहानरपालिका–१४ का अध्यक्ष दीपक खड्काले मुख्यमन्त्री पौडेलले वडाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे ।

उद्घाटन कार्यक्रमपछि मुख्यमन्त्री पौडेलले स्थानीय नागरिकसँग अन्तक्र्रिया गरेका थिए । अन्तक्र्रियामा स्थानीयवासीले सडक, खानेपानीलगायतका भौतिक विकासका लागि मुख्यमन्त्री पौडेलको ध्यानाकर्षण गराएका थिए । स्थानीयवासीले मुख्यमन्त्री पौडेल अघिल्लो वर्ष यहाँ आएर खानेपानीको समस्या बुझेपछि पानीको व्यवस्था गरिदिएकाले अब स्थानीय खहरेमा पुल वा कज्वे निर्माण तथा सडकको स्तरीकरणमा चासो दिनुहुने विश्वास व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?