इङ्ल्यान्ड माथि कारवाही हुन सक्ने

काठमाडौं । युरोपियन फुटबलको सर्वोच्च निकाय ‘युईएफए’ले इङ्ल्यान्ड माथि छानबिन प्रक्रिया अगाडि बढाएको छ।

इङ्ल्यान्डको राजधानी वेम्बली मैदानमा सम्पन्न युरो कप २०२० को सेमी फाइनल खेलमा इङ्ल्यान्डले डेनमार्कसँग प्रतिस्पर्धा गरेको थियो। सो खेलमा इंग्लिश समर्थकले खेलको ‘भावना विपरित’ कार्यहरू गरेको भन्दै ‘युईएफए’ले छानबिन प्रक्रिया अगाडि बढाएको हो।

खेलमा इंग्लिश कप्तान ह्यारी केनले पेनाल्टी मार्फत गोल गर्दा इङ्ल्यान्डले डेनमार्कलाई २-१ गोलले पराजित गरेको थियो। सो पेनाल्टी प्रहार गर्ने क्रममा ड्यानिश गोलरक्षक कास्पर स्माइकलको आँखामा समर्थकहरुले ‘हरियो लेजर लाइट’ देखाएका थिए।

त्यसको बावजुद स्माइकलले केनको पेनाल्टी बचाउ गरेका थिए। तर रिबाउन्डमा केनले सो बललाई गोलमा परिणत गरेका थिए। ‘युईएफए’ले सो ‘लेजर लाइट’को विषयमा इङ्ल्यान्ड फुटबल एसोसिएसन माथि छानबिन प्रक्रिया शुरू गरेको हो।

त्यस्तै वेम्बलीमा डेनमार्कको राष्ट्रिय गानको दौरान होहल्ला भएको विषय र समर्थकले आतिशबाजी गरेको विषयमा पनि ‘युईएफए’ले छानबिन शुरु गरेको छ। यी छानबिनमा इंग्लिश समर्थक दोषी पाइएको खण्डमा इंग्लिश ‘एफए’ माथि ठूलो कारवाही हुने ‘युईएफए’ले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?