आठ लाख डोज चिनियाँ खोप नेपाल आइपुग्यो

लोकपथ
126
Shares

काठमाडौं । कोभिड – १९ विरुद्धको आठ लाख डोज चिनियाँ खोप नेपाल आइपुगेको छ ।

नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट शुक्रवार बिहान भेरोसेलको आठ लाख डोज खोप नेपाल आइपुगेको हो ।

नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग भेरोसेल खोपको ४० लाख डोज खरिदको सम्झौता गरे अनुरुप पहिलो चरणमा आठ लाख डोज खोप ल्याइएको हो ।

स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले आज आठ लाख डोज खोप ल्याइएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?