हेर्नुहोस् आजको टप १५ हेडलाइन्स् (भिडियोसहित)

लोकपथ
56
Shares

१. मन्त्रीपरिषद विस्तारबारे प्रधानमन्त्री ओलीको सर्वाेच्च अदालतलाई जवाफ,मन्त्री थपघटमा रोक लगाउनु संविधान विपरित भएको ओलीको दावी ।

२. निरन्तरको वर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिरो र डुवान, दार्चुलाको नौगाडमा पहिरोले ३ को मृत्यु, पाल्पाको तिनाउमा पनि पहिरोलो पुर्दा २ जनाको ज्यान गयो ।

३. एमालेको पार्टी एकता अन्तिम चरणमा पुगेको कार्यदलमा सहभागी नेताहरुको भनाई । केही दिनभित्रै सहमति हुने ।

४. १४ औं महाधिवेशन नजिकिएसँगै कांग्रेस नेताहरु आन्तरिक रणनीतिमा,बिभिन्न जिल्लामा महाधिवेशनको सरगर्र्मी बढ्दै ।

५.पूर्वजले दिएका परम्परागत ज्ञानको अनुसरण गरेर अघि बढ्नु पर्नेमा प्रधानमन्त्री ओलीको जोड, मानवीय श्रेष्ठताको सबैभन्दा ठूलो कुरा पुर्खाको ज्ञान भएको भनाई

६. कर्णाली प्रदेश सभा बैठकमा बिपक्षी दल एमालेको अवरोध, आफ्ना मागप्रति प्रदेश सरकार गम्भीर नबनेको आरोप,बैठक आउँदो आइतबार बस्नेगरी स्थगित

७. चीनबाट कोरोना विरुद्धको खोप ल्याउन आज नेपाल एयरलाइन्सको जहाज चीन जाँदै,तीन खेप गरेर नेपालमा खोप ल्याइने ।

८.विपक्षी गठबन्धनमा रहेका विभिन्न पाँच विद्यार्थी संगठनद्वारा भ्रष्टाचार र महंगीविरुद्ध काठमाडौंमा प्रदर्शन,पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यबृद्धि फिर्ता लिन माग ।

९. नेपालको पासपोर्ट विश्वकै कम शक्तिशाली पासपोर्टको सूचिमा,जापानको पासपोर्ट भने एक नम्बरमा ।

१०. बाँकेमा एक हप्तादेखि पानी नपर्दा धान रोपाई रोकियो,आकाशे पानीमा भर पर्नुपर्ने बाध्यताले रापिएको धान पनि सुक्न थाल्यो ।

११. नेपालमा बिहिबार कोरोनाका १८ सय ७५ नयाँ संक्रमित थपिए, पछिल्लो २४ घण्टामा २९ जनाको मृत्यु ।

१२. निरन्तर ओरालो लागेको सेयर बजारमा साताको अन्तिम दिन बिहिबार भने केही सुधार,नेप्से २४ अंकले बढ्यो, ५ करोडको सेयर कारोबार ।

१३.भ्रष्टाचार आरोप लागेका दक्षिण अफ्रिकाका पूर्व राष्ट्र ज्याकोभ जुमाद्वारा प्रहरी समक्ष आत्मसमर्पण,पक्राउ गर्ने चेतावनी दिएपछि ज्याकोभ पुगे प्रहरीकोमा ।

१४. विश्वभर अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४० लाख नाघ्यो,१८ करोड ५० लाख भन्दा बढी संक्रमित ।

१५. नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दिप लामिछाने आज इंग्ल्याण्ड जाँदै,लामिछाने यही जुलाइ २१ बाट शुरु हुने द हण्ड्रेड क्रिकेटमा सहभागी हुने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?