गण्डकी प्रदेशमा थप २६९ जनालाई कोरोना संक्रमण पुष्टि

लोकपथ
156
Shares

गण्डकी । गण्डकी प्रदेशमा थप २६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा १ हजार १४१ जनाको नमूना परिक्षण गरिएकामा २६९ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये १३५ पुरुष र १३४ जना महिला रहेको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रका संयोजक नबराज शर्माले जनकारी दिए ।

उनका अनुसार नयाँ संक्रमितहरुमा कास्कीमा ८६, म्याग्दीमा ११, पर्वतमा ५, गोरखामा ३३, लमजुङमा ३२, तनहुँमा ९, स्याङ्जामा ४५ र नवलपुरमा ४८ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५८ हजार ३४८ पुगेको छ ।

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९८१ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ३५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेहरुको संख्या ५४ हजार २०४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?