एमाले कार्यदल बैठक : कुनै प्रगती भएन, भोलि पनि बैठक बस्ने

लोकपथ
161
Shares

काठमाडौं । नेकपा एमालेको विवाद मिलाउन गठित कार्यदलको बैठकले कुनै निष्कर्ष निकाल्न सकेन ।

बिहीवार साँझको बैठकमा केही न केही निर्णय आउने दाबी नेताहरुले गरेको भएपनि सो बैठक एजेण्डामा प्रवेश नै नगरी सकिएको छ । कार्यदल सदस्य तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल मन्त्रीपरिषद् बैठकका कारण कार्यदल बैठकमा उपस्थित नभएपछि कार्यदलको बैठकले कुनै ठोस निष्कर्ष निकाल्न सकेन ।

नेता घनश्याम भुसालले विगत दश दिन देखि कार्यदल बैठकमा कुनै ठोस र मुर्त प्रगति नभएको बताए ।

नेता सुभाषचन्द्र नेम्वाङले भने भोली बिहान बस्ने बैठकबाट निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरे ।

कार्यदल बैठक भोली बिहान साढे ११ बजे बस्ने पुनः बस्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?