निगमको निजीकरण प्रयासमा कर्मचारीको आपत्ति

नेपाल वायु सेवा निगममा बेथिती–४

लोकपथ
231
Shares

काठमाडौं । नेपाल वायु सेवा निगमका कर्मचारीहरुले कुनै पनि हालतमा निगमलाई निजीकरण गर्न नदिने बताएका छन् ।

सरकारले निगमलाई निजीकरण गर्न खोजेपछि निगमका कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । निगमको संचालक समितिले गत बिहीवार निगमलाई कम्पनी लैजाने गरी प्रस्तावित मोडल पर्यटन मन्त्रालय पु-याएको थियो । निगमको उक्त निर्णयसँगै कर्मचारीले आन्दोलन थालेका हुन् ।

‘‘हामी कुनै पनि हालतमा निगमलाई नीजिकरण हुन दिँदैनौँ,’’ निगम कर्मचारी संघका अध्यक्ष मानबहादुर कुँवरले लोकपथसँग भने । साथै निगमले गरेको प्रस्ताव फिर्ता नभएसम्म निरन्तर आन्दोलन गर्ने उनले बताए । प्रहरी प्रशासन लगाएर कर्मचारी दमन गर्न खोजिएको भन्दै कर्मचारीले आपत्ति जनाएका छन् । प्रहरीको घेरामा आफुहरुलाई वार्तामा बोलाइएको भन्दै त्यस्तो वार्ता स्वीकार्य नभएको अध्यक्ष कुँवरको भनाई भनाई छ । ‘‘प्रहरी लगाएर हामी वार्ता गर्न सक्दैनौँ,वार्ताका लागि शन्तिपूर्ण वातावरण चाहिन्छ,’’उनले भने । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलसँग भेट हुन नसकेकोले यस विषयमा ठोस कुराकानी हुन नसकेको अध्यक्ष कुँवरले बताए । साथै कर्मचारीले महाप्रबन्धक पौडेलले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् ।

गत बुधबार महाप्रबन्धक पौडेलले आन्दोलनरत कर्मचारीलाई वार्तामा बस्न आह्वान गरेका थिए । तर, नायब प्रबन्धक गणेशबहादुर चन्दको संयोजकत्वमा वार्ता आह्वान गरेपछि वार्तामा बस्न तयार छैनन् । कर्मचारीले पर्यटन मन्त्रालय वा सचिवसँग मात्रै वार्तामा बस्ने जनाएका छन् । ‘‘हामी मन्त्रालय वा सचिव ज्यूसँग मात्रै वार्तामा बस्छौँ,’’संघका उपाध्यक्ष भानु कटवालले भने,“ निगमलाई नीजिकरण गर्न ल्याइएको प्रस्तावप्रति हाम्रो घोर आपत्ति छ ।”

कर्मचारीहरुले महाप्रवन्धक पौडेलको कार्यकक्षमा तालाबन्दी गर्नुका साथै बिजुली तथा इन्टरनेट समेत काटिदिएका छन् । प्रहरीले महाप्रबन्धकका कार्यकक्ष भने खोलेको छ । तर बत्ती र इन्टरनेट नभएका कारण उनले काम गर्न पाएका छैनन् ।

र यो पनि
जिएसए छनोटमा आर्थिक चलखेल
यी हुन् मापदण्ड विपरित निगमले छानेका जिएसए
यसरी बन्दैछ वायु सेवा निगम भ्रष्टाचारको अखडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?