काठमाडौं । पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ विश्वका विभिन्न १४ देशका न्यायाधीशहरुको सूचीमा पर्न सफल भएका छन् ।
बेलायतको क्याम्ब्रिज युनिभर्सिटीले हालै प्रकाशित गरेको एक पुस्तकमा पूर्व प्रधानन्यायाधीश श्रेष्ठ अमेरिका, बेलायत, भारत सिंगापुर, दक्षिण अफ्रिका लागयत देशका न्यायाधीशहरुसँगै टावरिङ जजेज मा सूचीकृत गरिएको हो ।
उक्त पुस्तकमा विभिन्न १४ देशका पछिल्लो शताब्दीको १९ जना प्रसिद्ध न्यायाधीशकोबारेमा लेखिएको छ ।
जसमा अस्ट्रेलियाका प्रधानन्यायाधीश सर एन्थोनी मेसन, भारतका प्रधानन्यायाधीश पीएन भगवती , दक्षिण अफ्रिकाका प्रधानन्यायाधीश आर्थर चास्कलसन, बेलायतको सर्वोच्च अदालतकी अध्यक्ष लेडी हेल, अमेरिकाका प्रधानन्यायाधीश र न्यायाधीशहरू अर्ल वारेन, चाल्र्स इभान्स ह्युजेस, विलियम ब्रेनन, ह्यूगो ब्ल्याक, ओवेन रोबेर्ट्स सँगै नेपालका श्रेष्ठलाई ‘टावरिङ जजेज्’को सूचीमा राखिएको पुस्तकमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया