विवेक विष्ट हत्या प्रकरण : योजनावद्ध रुपमा १५ वर्षीया दिदीले गरेकी थिइन् हत्या, यसरी खुल्यो पोल

गते : असार २१ गते सोमवार
समय : बिहान करिब ११ बजे
स्थान : टीकापुर नगरपालिका वडा नम्बर-१ ब्लक नम्बर-८

विवेकको दिदी पर्ने १५ वर्षीया बालिकाले भाई विवेक विष्टलाई जामुन खाने बाहानाले घर बाहिर लगिन् । जामुन पसलमा जामुन खाएपछि उनले विवेकलाई करिब ४–५ सय मिटर उत्तर तर्फ रहेको जमरा कुलोको डिलमा लगिन्।

उनले पहिले नै विवेकलाई मार्ने उदेश्यले घरबाट लिएर आएकी छिइन् । कारण पारिवारिक रिसिबी र डाह । कुलोमा धकेलेर फाल्ने योजना पछि उनले विवेकको खुट्टामा भएको चाँदीका बाला फुकाल्न लगाएकी थिइन् ।

विवेकले खुट्टामा लगाएको चाँदीको बाला निकाले पछि उनले विवेकलाई धक्का दिई कुलोमा खसाली हत्या गरेको प्रहरीसँगको बयानमा बताएकी छिन् ।

 

हत्या आफूले गरेको थाहा नदिन गरेकी थिइन् यस्तो नाटक :

हत्या पछि उनी आफू उत्तरतर्फ नगएको भन्ने भ्रम सृजना गर्न उनी बजार नजिकै रहेको आफ्नो साथिको घरमा गएकी थिइन् । साथिको घरमा गई किताब लिए पछि उनले वाला आफ्नो साथमा रहे घटनाबारे थाहा हुनसक्ने भएकाले उक्त बाला साथीलाई राख्न दिएकी थिइन् ।

पछि साथी र उनले मिलेर चाँदीको बाला बजारमा लगि बेच्न खोजेका थिए । अनुसन्धानका क्रममा उनले आफूले हत्या गरेको स्वीकारेकी छिन् ।

साथै प्रहरीले हत्यामा संलग्न नभएपनि घटना र बालाको विवरण थाहा हुँदा पनि प्रहरीलाई नबताएको र प्रहरीले सोद्धा पनि आफूलाई केही थाहा नभएको बताएकी थिइन् । सोही कारण प्रहरीले उनलाई पनि नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताएको छ ।

असार २१ गते सोमवार विवेकबीच बजारबाटै बेपत्ता भएका थिए । प्रहरीले हिजो बुधवार विवेकको शव फेला पारेको थियो ।

३ वर्षीय विवेकको शव जमरा खोला किनारमा झाडीमा अड्कीएको अवस्थामा फेला परेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?