सप्तरीमा बस र ट्रक ठोक्किँदा ११ जना घाइते, ५ जनाको अवस्था गम्भीर

लोकपथ
897
Shares

रामनारायण यादव / सप्तरी । सप्तरीमा बस र ट्रक एक आपसमा ठोक्किदाँ ११ जना घाइते भएका छन् । घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ ।

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत जिल्लाको अग्नीसाईर कृष्णासवरण गाउँपालिका–२ स्थित सितापुरमा बिहीवार बिहान बस र ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ७६२० नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ३ख ६८४५ नम्बरको ट्रक एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परि घाइते हुनेहरुमा मोरङको रङ्गेली नगरपालिका–६ बस्ने ३२ वर्षीय रबिन कुमार सरदार, सोही ठाउँका २८ वर्षीय सन्तोष सरदार, २५ वर्षीय वीरेन्द्र सरदार गम्भीर घाइते भएका छन् ।

यस्तै गरी विराटनगर उपमहानगरपालिकाका ३५ वर्षीय विजय दास, बसका चालक कपिलवस्तु बुद्धभुमी गाउँपालिका–३ बस्ने ३८ वर्षीय हेमराज अधिकारी, लुम्बिनी रुपन्देही नगरपालिका–१३ बस्ने ३५ वर्षका दुर्गा पौडेल, लुम्बिनी महादेवा गाउँपालिका–२ बस्ने युवराज पुल घाइते भएका छन् ।

यसैगरी ट्रक चालक बारा जितपुरसिमरा उपमहानगरपालिका–२ बस्ने २९ वर्षीय रोशन श्रेष्ठ र सोही ठाउँका ट्रकका सहचालक २५ वर्षीय सुरज बुढाथोकी घाइते भएका छन् ।

घाइतेहरूलाई तत्कालै प्रहरीले उद्धार गरी उपचारका लागि महुली पोली क्लिनिक महुली बजारमा प्राथमिक उपचारका लागि पठाइएको र प्राथमिक उपचारपछि थप उपचारका विराटनगर पठाईएको जिल्ला प्रहरी कायाृल्य सप्तरीका प्रवक्ता माधब प्रसाद काफ्लले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?