काठमाडौँ, १४ चैत – अब स्थानीय तहले करार सेवामा कर्मचारी भर्ना गर्न पाउने भएका छन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा करारमा जनशक्ति व्यवस्थापनसम्बन्धी कार्यविधि स्वीकृत गरेसँगै करारमा कर्मचारी भर्नाको बाटो खुलेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मङ्गलबार कार्यविधि स्वीकृत गरेका हुन् । स्थानीय तहले आआफ्नो कार्यपालिकाको बैठकबाट नमुना कार्यविधि स्वीकृत गरी करारमा कर्मचारी राख्न सक्ने मन्त्रालयले जानकारी दिएको खबर गोरखापत्रमा छापिएको छ ।कार्यविधिअनुसार स्थानीय तहलाई आवश्यक पर्ने कृषि, पशु, वन, स्वास्थ्यसँग सम्बन्धित जनशक्ति करार सेवामा लिन सकिनेछ । स्थानीय तहले स्वीकृत गरेको दरबन्दीका आधारमा १५ दिनको सार्वजनिक सूचना जारी गरी कर्मचारी भर्ना गर्नसक्ने व्यवस्था कार्यविधिले गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया