टीकापुर बालक हत्या प्रकरणमा दिदि नै संलग्न भएको स्वीकार

लोकपथ
3.9k
Shares

धनगढी । कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर ८ का पाँच वर्षीय बालकको नाता पर्ने दिदीले हत्या गरेको स्वीकार गरेकी छिन् ।

दिदी नाता पर्नेले नै बालकलाई पारिवारिक रिसइवी डाहका कारणका मार्ने योजना बनाएको रजामुन खाने निहुँमा बालकको हत्या गरेको प्रहरी समक्ष बयान दिएकी हुन् ।

थप अनुसन्धानका लागि बालकलाई घरबाट लिएर जाने निजकी दिदी र लम्कि चुहाँ नगरपालिका ६ घर भई हाल टिकापुर १ बल्क जबमर ५ मा डेरा गरी बस्ने बाला बरामद भएकी १४ वर्षीय बालिकालाई समेत प्रहरीले नियन्त्रणमा लिएको कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

तीन दिनसम्म बेपत्ता रहेका बालकको इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले खोजतलास गर्ने क्रममा टीकापुर नगरपालिका वडा नम्बर ४ बाघमाराको जमरा नदीमा शव फेला पारेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?