कार्यदल बैठकपछि दुवै पक्षको एकैस्वर : ‘सहमतीको नजिक पुग्यौँ’

लोकपथ
175
Shares

काठमाडौं । नेकपा (एमाले) विवाद समाधन गर्न गठित कार्यदलको बैठक बिहीवार बेलुकी सात बजे बस्नेगरी स्थगन गरिएको छ ।

बिहीवार दिउँसो सिंहदरबारस्थित अर्थ मन्त्रालयमा कार्यदलको बैठक बसेको थियो । छलफल सकारात्मक र गम्भीर रहेकाले कार्यदलले निष्कर्षमा पुर्‍याउनका लागि जोड गरिरहेको कार्यदल सदस्य सुभाषचन्द्र नेम्वाङले बताए । छलफललाई निष्कर्षमा पुर्‍याउनका लागि थोरै तयारी आवश्यक रहेको र यसबीचमा तयारी गरेर बेलुकी ७ बजे बैठक राखिने उनले जानकारी दिए । उनले भने– ‘निष्कर्षमा पर्‍याउन थोरै तयारी गर्नुपर्ने भयो । त्यसैले त्यही तयारी गर्नका लागि हामीले बैठकलाई ७ बजेसम्मका लागि स्थगित गरेका छौँ । ७ बजे हामी बस्छौँ । र भरसक आज यसलाई निष्कर्षमा पु¥याउने हाम्रो जोड हुन्छ । हाम्रो निरन्तर छलफल जारी छ । छलफल गम्भिर छ । सकारात्मक छ । यसलाई निष्कर्षमा पु¥याउने हाम्रो जोड छ । सात बजेसम्म तयारी पुरा हुन्छ । सात बजे हामी बस्छौँ । जे भइरहेको छ ठिक भइरहेको छ । हामी यसलाई निष्कर्षमा पु¥याउन पुरै प्रतिवद्ध छौँ ।’

त्यस्तै सञ्चारकर्मीमाझ प्रतिक्रिया दिदैँ कार्यदल सदस्य गोकर्ण विष्टले हिजोभन्दा आज छलफलमा प्रगति भएको बताए । केही कुरामा सहमती जुटाउन बाँकी रहेका कारण बेलुकासम्मका लागि बैठक सरेको उनले जानकारी दिए । विवाद समाधानको बिन्दुमा आइपुगेको र अब निष्कर्षमा पुग्न धेरै समय नलाग्ने उनले बताए । उनले भने– ‘हिजो दुई जना नेताहरु पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुई जना नेताहरुको बीचमा भएको सम्वाद पछाडी बसेको आजको चौथो बैठकमा दुई जना नेताबीचको सम्वादलाई समेत मध्येनजर गर्दै र कार्यदलले औपचारिक रुपमा छलफल गरेका विषयहरु र औपचारिक रुपमा छलफल शुरु हुनुभन्दा अगाडी अनौपचारिक रुपमा छलफल भएका, अभ्यास भएका पर्याप्त रुपमा गृहकार्य सहित निष्कर्षमा पुगेका ति विषयहरुका सन्दर्भमा आज छलफल गरियो । कतिपय विषयमा मोटामोटी हिजोभन्दा आज थप प्रगति भएको छ । केही कुरामा अझै बाँकी छ बाँकी कुराहरुलाई टुंगो लगाउनेगरी आज बेलुका नै अर्को बैठकको आयोजना गर्नेगरी बैठक स्थगित भएको छ । हामीले छलफल पछाडी निष्कर्षमा पुग्नका लागि अब त्यतिधेरै लामो समय लाग्दैन । लगभग लगभग हामी समाधानको बिन्दुमा आएका छौँ । हरेक दिन बैठकमा प्रगति भएको छ । कतिपय असहमती रहेको कुराहरुमा टुंगोमा पुगिरहेका छौँ । निष्कर्षमा पुग्दैछौँ । आज बेलुका धेरै हदसम्म हामीले धेरै हदसम्म समाधान खोज्छौँ । हामीलाई अब धेरै लामो समय लाग्ने अवस्था छैन ।’

एमाले कार्यदल सोमवार यता चौथो पटकसम्म बसिसकेको छ । कार्यदलको सक्रियता तथा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको बुधवार भेट भएको सन्दर्भलाई समेत हेर्ने हो भने कार्यदलको बिहीवार साँझको बैठकबाट कुनै न कुनै निर्णय आउनसक्ने नेताहरुको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?