एमाले–माओवादी केन्द्र एकता मस्यौदा तयार, संख्या खाली

काठमाडौं, १४ चैत -नेकपा एमाले र नेकपा माओवादी केन्द्रद्वारा एकताको खाका तय गर्न गठित सांगठनिक तथा विधान मस्यौदा कार्यदललाई एकीकृत पार्टीका विभिन्न तहको संख्यामा सहमति जुटाउन सकस परेको छ । नेताहरूको व्यवस्थापन कसरी गर्ने र कति संख्याको स्थायी समिति, पोलिटब्युरो, केन्द्रीय समिति तथा अन्य कमिटी बनाउने भन्नेमा कार्यदल निष्कर्षमा पुग्नसकेको छैन ।रामबहादुर थापा नेतृत्वको कार्यदलले मस्यौदा लेखनमा १० वटा कमिटी बनाउने टुंगो लगाएको छ । तर, कुन कमिटी कति संख्याको भन्ने खाली नै छाडिएको छ । कार्यदललाई उक्त खाली संख्या भर्न केही दिनदेखि सकस परेको छ ।माओवादी केन्द्रका नेता तथा कार्यदल सदस्य जनार्दन शर्माले संख्याको विषयमा सहमतिमा पुग्न बाँकी रहेको बताए । राजधानी दैनिकमा खबर छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?