गाई काट्दै गरेको अवस्थामा ३ जना पक्राउ

लोकपथ
728
Shares

काठमाडौं । चितवनमा गाई काट्दै गरेको अवस्थामा ३ जना पक्राउ परेका छन् । कालिका नगरपालिका-१ सुर्यपुरस्थित सुन्दरबस्ती घोलमा गाई काट्दै गरेको अवस्थामा ३ जनालाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कालिका नगरपालिका-१ बस्ने ३३ वर्षीया उर्मिला परियार र १६ वर्षीय २ जना किशोर रहेका छन् ।

सोही बस्तीमा गाई काट्दै गरेको छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी बिट पदमपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?