ठमेलबाट जुवा खेलिरहेका पाँच जना चिनियाँ नागरिक पक्राउ

लोकपथ
7
Shares

काठमाडौं । ठमेलमा जुवा खेलिरहेका पाँच जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधवार राति करिब १० बजे सम्पत्ति हार जीत हुने गरि ठमेल जेपी मोडमा चिनियाँ नागरिकहरु जुवातास र सट्टाबाजी खेलिरहेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

ठमेल जेपी मोडस्थित चिनियाँ नागरिक सिआयोलङले सञ्चालन गरेको सियाङ होटलमा उनीहरुले जुवातास खेलिरहेको प्रहरीले फेला पारेको थियो । पक्राउ पर्नेमा सिआयोलङसहित पी। चुआन, हु वेनबिन, ही फुयु र लि सिआओ तोङ रहेका छन् ।

उनीहरुको साथबाट १ लाख २३ हजार नेपाली रुपैयाँसमेत बरामद गरिएको छ । उनहिरु उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?