७ बजे बस्नेगरि कार्यदल बैठक स्थगित, आज पनि ओली नेपालबीच भेट हुन सक्ने

लोकपथ
161
Shares

काठमाडौं । नेकपा एमाले विवाद समाधानका लागि गठित कार्यदलको बैठक फेरि बस्नेगरि सकिएको छ ।

सिंहदरबारस्थित अर्थमन्त्रालयमा बसेको बैठक सकारात्मक भएको कार्यदलका सदस्यहरुले प्रतिक्रिया दिएका छन् ।

बैठकपछि बोल्दै ओली पक्षका नेता एवम् कार्यदल सदस्य सुवास नेम्वाङले बैठक सकारात्मक भएको जानकारी दिए ।

“आजै निष्कर्षमा पुग्ने प्रयास हुन्छ । बाहिरी चर्चाको पछाडी नलागौँ । वार्ता सकारात्मक हुन्छ । ” उनले भने ।

त्यसैगरी आज आज पनि प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच समेत भेट हुनसक्ने उनले सम्भावना रहेको उनले बताए ।

यसैगरी बैठकपछि दुवै पक्षका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?