ओली नेपाल भेटपछिको कार्यदल बैठक, आज निस्किएला निष्कर्ष ?

लोकपथ
147
Shares

काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक शुरु भएको छ ।

नेताहरु भेटघाटमा लागेकाले निर्धारित समयभन्दा केहि ढिला गरि शुरु भएको हो ।

पार्टी विवाद समाधानका लागि सोमवारबाट जारी बैठक बुधवारसम्म आइपुग्दा बल्ल सकारात्क बनेको नेताहरुको निष्कर्ष रहेको थियो ।

त्यसो त लामो समयपछि पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालीच भेटघाट भएको थियो । भने आज कार्यदलको बैठक शुरु हुनुअघि दुवै पक्षका नेताहरुबीच भेटघाट गरेका छन् । आज ओली पक्षका कार्यदल सदस्य विष्णु पौडेल र नेपाल पक्षका कार्यदल सदस्य भीम रावलबीच भेटघाट भएको थियो । भेटका क्रममा विपक्षी गठबन्धनसँग मिलेर संसद विघटनविरुद्धको मुद्दा हस्ताक्षर गर्ने सांसदहरुको हस्ताक्षर फिर्ता गर्न ओलीले आग्रह गरेका थिए ।

पार्टी विवाद समाधानका लागि गत जेठ २ गते गठित कार्यदलको बैठक जेठ ७ यता बस्न सकेको थिएन । यसैक्रममा पार्टी विवाद मिलानका लागि भन्दै गत असार २१ गते सोमवारबाट कार्यदल ब्यूताएर बैठक शुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?