रामनारायण यादव-जनकपुरधाम । प्रहरीले सर्लाहीबाट ४० किलो लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।
जिल्लाको ईश्वरपुर नगरपालिका वडा नम्वर १२ बाँके जंगलस्थित पूर्व–पश्चिम राजमार्गबाट गाँजासहित ओसारपसारमा संलग्नहरूलाई ईलाका प्रहरी कार्यालय केशरगन्ज बयलबासले टोलिले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा लालबन्दी नगरपालिका वडा नमवर ११, बस्ने २४ वर्षीय संगी लामा, लालबन्दी नगरपालिका वडा नम्वर ८ बस्ने २७ वर्षीय दिलिप कुमार लोप्चन र लालबन्दी नगरपालिका वडा नम्वर ११ बस्ने २१ वर्षीय शंखलाल बल रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
उनीहरुले बुधवार दिउँसो ना ६३ प ६७७ नम्बरको मोटरसाइकलमा पूर्वतर्फ जाँदै गरेको अवस्थामा लागूऔषध गाँजासहित पक्राउ गरेको हो । गाँजासहित पक्राउ परेकाहरुलाई अहिले इलाका प्रहरी कार्यालय केशरगन्जको हिरासतमा राखी अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया