सिरहामा एक महिनामा ९ जना फरार प्रतिवादी पक्राउ

लोकपथ
234
Shares

रामनारायण यादव-सिरहा । एक महिनामा ९ जना फरार प्रतिवादीहरु पक्राउ परेका छन् । विभिन्न मितिको फैसलाले केद तथा जरिवाना तोकि फरार रहेका ती व्यक्तिहरुलाई सिरहा प्रहरीको विशेष टोलीले पक्राउ गरेका हुन् ।

जिल्ला प्ररही कार्यालय सिरहाद्वारा परिचालन गरिएको विशेष प्रहरी टोलीले यो वर्षको असार महिनामा मात्र ९ जना विभिन्न मुद्दाका फरार अपराधीलाई पक्राउ गरी जिल्ला अदालतमा बुझाइएको सिरहाका प्रहरी प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए ।

दण्डहिनताको अन्त्य गरी समाजमा प्रभावकारी शान्ती सुरक्षा र अमन चयन कायम राख्नको लागी अदालतको फैसलाले कैद तथा जरिवाना तोकि फरार रहेका व्यक्तिहरु पक्राउ गर्नको लागी जिल्ला प्रहरी कार्यालय सिरहाले विशेष प्रहरी टोली नै परिचालन गरिएको प्रवक्ता बुढाथोकीले बताए ।

पक्राउ पर्नेहरुमा कर्तव्य ज्यान, लेनदेन बिगो, ठगी, लागुऔषध, चोरी, सवारी ज्यान, बैदेशिक रोजगार लगायतका मुद्दाका फरार अभियुक्तहरु रहेका छन् । अभियुक्तहरुबाट ५९ वर्ष कैद र १ लाख २८ हजार रुपैयाँ जरिवाना असुल भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?