कैलालीमा तीन दिनदेखि बेपत्ता विवेक मृत फेला, हत्यारा आजै सार्वजनिक गरिने

काठमाडौं । कैलालीमा तीन दिनदेखि बेपत्ता रहेका बालकको शव फेला परेको छ।

कैलाली जिल्लाको टीकापुर नगरपालिका–१ ब्लक नं. ८ का दिलीप विष्टका छोरा विवेक विष्टको शव खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले लोकपथलाई जानकारी दिए ।

३ वर्षीय विवेकको शव जमरा खोला किनारमा झाडीमा अड्कीएको अवस्थामा फेला परेको एसपी अधिकारीले जानकारी दिए ।

“शव विवेक बेपत्ता भएको ठाँउ भन्दा ५ किलोमिटर तल भेटिएको छ । खेला किनारको झाडीमा अड्कीएको अवस्थामा शव फला पार्यौं ।” एसपी अधिकारीले भने ।

विवेकको हत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ ।

उनको पानीमा फालेर हत्या गरिएको एसपी अधिकारीले जानकारी दिए । आज १ बजे एक पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने तयारी गरिएको उनले जानकारी दिए ।

***

असार २१ गते सोमवार बिहान करिब ११ बजे दिदीसँग जामुन खान भन्दै दिलीप विष्टका ३ वर्षीय छोरा विवेक विष्ट जामुन पसल गएका थिए ।

जामुन पसलमा जामुन खाइसके पछि विवेकले नजिकै रहेको आफन्तकोमा जान्छु भनेका थिए । दिदीले पनि आफन्तकोमा खेल्छ भन्ने हिसाबले जान दिइन् । तर एकछिन पछि उनलाई लिन परिवार आफन्तकोमा जाँदा उनी त्यहाँ थिएनन् ।

प्रहरीसहित आफन्तहरुले विवेकको खोजी गरिरहेका थिए । घटनास्थलमा दुई वटा कुकुरको प्रयोग गरेर अनुसन्धान गरेको थियो ।

बेपत्ता भएका ३ दिनपछि प्रहरीले विवेकको शव प्रहरीले फेला पारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?