काठमाडौं । आज कोशी, नारायणी र यसका सहायक नदीहरुमा बहाव बढ्ने र केहीमा सतर्कता तह पार गर्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै कन्काई, कमला, बागमती, पुर्वी राप्ती, तिनाउ लगायतमा बहाब बढ्ने, केही सना सहायक नदीहरुमा आकस्मिक वहाव भई सतर्कता तह पुग्न सक्ने पनि महाशाखाले जानकारी दिएको छ ।
यी नदीहरुको तटीय क्षेत्र र डुबान भइरहने क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया