दुई दिनअघि बेपत्ता बालक मृत फेला

लोकपथ
481
Shares

कैलाली । कैलालीको टीकापुर नगरपालिका – १ ब्लक नं. ८ बाट दुई दिनअघि बेपत्ता नाबालक विवेक बिष्ट आज मृत अवस्थामा भेटिएका छन् ।

उनको शव झण्डै ५ किलोमिटर तल टीकापुर नगरपालिका–४ बाघमारास्थित जमरा कुलोमा भेटिएको इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

उनका अनुसार नाबालक बिष्टको शव कुलोको पानीमा रहेको झाडीमा अड्किएको अवस्थामा फेला परेको हो । स्थानीय दिलिप बिष्टका नाबालक छोरा विवेक सोमवार बिहान ११ बजे घर नजिकैबाट बेपत्ता भएका थिए ।

उनी दिदी नाता पर्ने १५ वर्षीया पुनम बिष्टसँगै घर नजिकै जामुन खान गएका थिए । पुनमले प्रहरीसँगको बयानमा आफु विवेकलाई सडकमै छोडेर साथीको घरमा गएको र विवेक समेत उनका साथीको घरमा खेल्न गएको बताएकी थिइन् । उनले विवेककी आमालाई समेत त्यसै भनेकी थिइन् ।

प्रहरीले घटनाका बारेमा विस्तृत रुपमा अनुसन्धान भैरहेको जनाएको छ । डिएसपी सापकोटाले आफु घटनास्थलमै रहेको र घटनाका बारेमा अनुसन्धान भैरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?