सिंगापुरले चिनियाँ भ्याक्सिनलाई मान्यता नदिने

लोकपथ
301
Shares

काठमाडौं । सिंगापुरले चिनियाँ भ्याक्सीनलाई मान्यता नदिने भएको छ ।

सिंगापुरको राष्ट्रिय खोप गणनामा चिनियाँ खोप लगाएका व्यक्तिहरूको संख्या समावेश नगरिने जनाइएको छ । सिंगापुरको स्वास्थ्य मन्त्रालयले चिनियाँ भ्याक्सीन सिनोवाक – कोरोनाभ्याक्स खोपलाई मान्यता नदिइएकोले सो खोप लिने व्यक्तिहरूको संख्या राष्ट्रिय खोप गणनामा समावेश नगरिने जनाएको छ ।

मन्त्रालयको वेवसाइटका अनुसार हालसम्म लगभग २२ लाखले मोर्डेना वा फाइजरका दुबै डोज खोप लगाएका छन् भने ३६ लाखले मोर्डेना वा फाइजरको पहिलो डोज लिएका छन् । लगभग १७ हजार मानिसहरुले भने सिनोवाक खोप लिएका छन् ।
सिंगापुरमा जुन १८ मा केही निजी स्वास्थ केन्द्रहरुले सिनोवाक खोप दिएको थियो । यद्यपि नियामक निकायले त्यस खोपलाई अझै अनुमोदन गरेको छैन ।

चिनियाँ खोप गम्भीर बिरामीको नियन्त्रण र मृत्युलाई रोक्न प्रभावकारी नरहेको अनुसन्धानबाट देखिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?