ओली नेपालबीचको वार्ता शुरु, दुवै पक्षका नेताहरु सहभागी

लोकपथ
175
Shares

काठमाडौं । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीको छलफल शुरु भएको छ ।

केहिबेरअघि ओली नेपालबीच छलफल शुरु भएको हो ।

एमालेभित्रको विवाद समाधानका लागि आज बसेको कार्यदलको बैठकले ओली नेपालीबीचको भेटघाटपछि मात्र एकताको अन्तिम टुंगो लाग्ने निष्कर्ष निकालेको थियो ।

आजको छलफलमा ओली नेपालबीच पार्टी एकिकरणका विषयमा छलफल हुने बताइएको छ।

पार्टी विवाद समाधानका लागि गठित कार्यदलले एकताका लागि सोमवारबाट बैठक शुरु गरेको छ । सोमवार र मंगलवारको बैठक बिना निष्कर्ष टुंगिएपनि आजको बैठक भने सकारात्मक भएको बैठकमा सहभागी कार्यदलका सदस्यहरुले बताएका छन् ।

त्यस्तै ओली नेपालपछि दुवै पक्षका अन्य नेताहरु समेत छलफलमा सहभागी भएको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?