बीरेन्द्र श्रेष्ठ र एलिना चौहानको ‘घर तिम्रो कता पर्यो ?’ सार्वजनिक (भिडियो सहित)

लोकपथ
832
Shares

काठमाडौं । गायक तथा इन्जिनियर बीरेन्द्र श्रेष्ठ र गायिका एलिना चौहानको आवाजमा नयाँ गीत ‘घर तिम्रो कता पर्यो ?’ सार्वजनिक भएको छ ।

जिवेशसिं गुरुङ्ग र वर्षा शिवाकोटिको अभिनय रहेको उक्त गितको भिडियोमा माया प्रेमको सामिप्यलाई देखाउन खोजिएको छ । दिपक शर्माको सङ्गीत रहेको उक्त गितको भिडियोलाई रुपेश थापाले निर्देशन गरेका छन् ।

पछिल्लो समय चर्चित कलाकारलाई लिएर काम गरिरहेका गायक तथा ई। बीरेन्द्र श्रेष्ठको यो गीत पहिले नै दर्शक श्रोताले रुचाएको घर हाम्रो लेकैमाको रिमेक भएको गायक श्रेष्ठले बताएका छन् । श्रेष्ठसँग नायक दिपिल रायमाझी, पल शाह लगायत चर्चित कलाकार संगै काम गरेको अनुभव समेत छ । श्रेष्ठले जाले रुमाल, पिरिमको बाढि जस्ता चर्चित सांगितिक कोशेलीसमेत पस्केका छन् ।

भर्खरै सार्वजनिक भएको गितको भिडियो आहा युट्युव च्यानलमा हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?