मौद्रिक नीतिमा उद्योग परिसंघको सुझाव

लोकपथ
49
Shares
तस्वीर गूगल

काठमाडौं । नेपाल उद्योग परिसंघले कोरोना विरुद्धको खोप छिटो भन्दा छिटो उपलब्ध गराएर आर्थिक गतिविधि सुचारु गर्न सकिने बताएको छ ।

आगामी आर्थिक वर्षको लागि मौद्रिक नीतिमा नेपाल राष्ट्र बैंकलाई दिएको सुझावबारे कुराकानी गर्दै अध्यक्ष शतिस कुमार मोरले अघिल्लो वर्ष कोरोनाको समयमै आएको मौद्रिक नीतिले आर्थिक गतिविधि चलायमान बनाउन सहयाग गरेजस्तै यो वर्षपनि कोभिडको कारण ह्रास भएको क्षेत्र खोपको सुनिश्चित भए माथि उकासिने बताए ।

साथै आगामी आर्थिक वर्षको मौद्रिक नीतिले कर्जाको ब्याजदरलाई एक अंकमा स्थिर राख्ने, ऋणको पुनर्तालिकीकरण गर्ने, पुनर्कर्जा सहुलियत दरमा उपलब्ध गराउने व्यवस्था गरिनुपर्ने सुझाव राष्ट्र बैंकलाई दिएको बताए । आगामी आर्थिक वर्षको मौद्रिक नीतिले स्टर्टअप बिजनेशमा आउने युवालाई समेटेर कार्यक्रम ल्याउन पनि सुझाव दिएको अध्यक्ष मोरले बताए । मौद्रिक नीतिले मेक इन नेपाललाई सहयोग पुग्नेगरी नीतिगत व्यवस्था गरिदिए आयात कम गरेर निर्यातको प्रतिशत बढाउन सकिने उद्योग परिसंघले सुझाव दिएको छ । परिसंघको सुझाव ग्रहण गर्दै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अघिल्लो वर्ष झैँ आर्थिक गतिविधि चलायमान बनाउन, यो वर्षको मौद्रिक नीतिले व्यवसाय र व्यवसायीलाई काम गर्ने सहज वातावरण बनाउने गरि व्यवस्था गर्ने विश्वास दिलाएको अध्यक्ष मोरले बताउनुभयो । आगामी आर्थिक वर्षको मौद्रिक नीति साउन पहिलो हप्ता सार्वजनिक गरिदैँछ ।

उद्योग परिसंघ सँगै उद्योग वाणिज्य महासंघ, चेम्वर अफ कमर्स र बैंकर संघले राष्ट्र बैंकलाई सुझाव दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?